≈ कांग्रेस-एमाले गठबन्धन, राजनीति र भूराजनीति ≈
देशका दुइटा ठूला राजनीतिक दलहरु— नेपाली कांग्रेस र नेकपा एमाले एकसाथ एउटै सरकारमा विरलै मात्र आउने गर्छन् । जब परस्परविरोधी धारका यी दुई शक्तिहरु मिल्छन्, मुलुकमा प्रायः ठूलै राजनीतिक उथलपुथल आइहाल्छ । यसअघि उनीहरु एकसाथ जुट्दा जनआन्दोलन भएको, चुनाव गरिएको, नयाँ संविधान बनेको जस्ता दृष्टान्तहरु छन् । यसपटक उनीहरु २०७२ सालमा आफैंले बनाएको संविधान संशोधन गर्ने घोषणासहित सत्तामा आएका छन् ।
कांग्रेस-एमालेको यो गठबन्धन कसरी सम्भव भयो ? किन उनीहरु अचानक एक ठाउँमा आए ? किन माओवादी र रास्वपा जस्ता साना दलहरुलाई सरकारबाट पाखा लगाए ? कांग्रेस-एमालेले संविधानका कुन-कुन बूँदा बदल्न खोजेका हुन् ? खासगरी उनीहरुले समानुपातिक निर्वाचन प्रणालीमा के-कस्तो संशोधन चाहेका हुन् ? संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता मामिलामा के गरिनेछ ?
हामीले यस्ता समसामयिक विषयहरुमा नेकपा एमालेका उपमहासचिव एवं लेखक प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छौं । उनी पूर्व परराष्ट्रमन्त्रीसमेत भएकाले नेपालको बाह्य सम्बन्धलाई लिएर उनको दृष्टिकोण पनि बुझ्न खोजेका छौं । नेपालमा भारत, चीन, अमेरिका आदिको परस्परविरोधी सक्रियतालाई उनले कसरी हेरेका छन् ? हाम्रा निम्ति यो चुनौति हो वा सामुन्ने आएको नयाँ अवसर ? ज्ञवालीसँगको छलफल यसतर्फ पनि केन्द्रित छ ।
ज्ञवालीको छुट्टै साहित्यिक चिनारी पनि छ । उनले आफ्नो लेखकीय जीवन र नयाँ रचनाहरूबारे पनि अन्त्यमा थोरै चर्चा गरेका छन् ।
ज्ञवालीबारे थपः
* [ Ссылка ]
* [ Ссылка ]
* [ Ссылка ]
* [ Ссылка ]
* [ Ссылка ]
#aniaba #अनिअब #pradeepgyawali #politician #cpnuml #politics #nepalipolitics #newgovernment #constitution #constitutionalamendment #maoist #coalition #communistparty #congressuml #NCUML #electoralprocess #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri & Rajesh Phuyal
------
» Subscribe our channel: [ Ссылка ]
» And, please stay in touch:
Facebook: [ Ссылка ]
Tiktok: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
Pradeep Gyawali | अनि, अब with Sudheer Sharma | Ep.17
Теги
aniabaअनिअबsudheersharmasudheersharmapodcastpradeepgyawalipradipgyawalisudhirsharmasudhirsharmapodcastsudheercpnumlnepalipoliticsप्रदीपज्ञवालीसुधीरशर्माcongressumlNCUMLnewgovernmentkpsharmaoligovernmentnewcoalitionallianceconstitutionconstitutionamendmentelectoralsystemforeignrelationsIndiachinaforeignpolicynepalcommunistmaoistcongressncumlgeopoliticspoliticspmoliprachandatriggeringincident