कहाँबाट आउँछ कुलमान घिसिङलाई आँट र उर्जा ?
सफलताको कथादेखि सरकारसँगको टकरावसम्म — एउटा विस्तृत वार्ता ।
» Subscribe our channel: [ Ссылка ]
------
≈ उर्जा सफलताको कथा ≈
कुनै बेला नेपाल ‘लोडसेडिङ’को अँध्यारोमा थियो, अहिले भारत र बाङ्लादेशमा समेत बिजुली बेच्ने अवस्थामा पुगेको छ । यो सबै सम्भव हुनुका पछाडि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख भूमिका छ । त्यसैले उनलाई ‘उज्यालो ल्याउने मान्छे’ पनि भन्ने गरिन्छ ।
घिसिङ स्वयंलाई चाहिं लोडसेडिङ अन्त्य गरेकोभन्दा मुलुकभरी बिजुली पुर्याउन सकेको कुराले बढी सन्तुष्टी दिएको रहेछ । अनि भारतपछि भर्खरै बाङ्लादेशलाई अमेरिकी डलरमा विद्युत बिक्री गर्न सकेको घट्नालाई उनले ‘गेमचेन्जर’ मानेका रहेछन् ।
त्यसैले उनले अब समुद्रपारिको टापु मुलुक श्रीलंकालाई समेत नेपाली बिजुली बेच्न सकिने सपना देख्न थालेका छन् । त्यो कसरी ? यो कुराकानीमा त्यसबारे खुलाएका छन् ।
काठमाडौं, पोखरा र चितवनका सडकबाट बिजुलीका पोलहरु हटाउने र भूमिगत वितरण प्रणाली आरम्भ गर्ने उनको अभियानले पनि मूर्तरुप पाउँदैछ । उनले जोड दिएको विद्युतीय गाडीहरुको प्रयोग अहिले मुलुकमा व्यापक रुपमा बढेको छ ।
कुलमान घिसिङ मूलतः सफलताका कथा हुन् । तर विवादले उनलाई कहिल्यै छाड्दैन ।
पछिल्लो समय उनी बक्यौता रकम नतिर्ने केही उद्योगहरुको लाइन काटेर विवादमा आएका थिए । यही मामिलालाई लिएर उनको राजनीतिक नेतृत्वसँग पनि टकराव बढेको छ । त्यही सन्दर्भमा मैले उनलाई सोधेको छु— तपाईलाई मन्त्री र प्रधानमन्त्रीसँग समेत भिड्ने आँट कहाँबाट आउँछ ?
खासमा कुलमान घिसिङ कस्ता मान्छे हुन् ? उनको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि के हो ? अनि, उनको सफलताको सूत्र के हो ? यो बढी व्यवस्थापकीय कौशल हो वा प्राविधिक दक्षता ? यसबारे उनले आफ्नै मुखबाट केही कुरा बताएका छन् ।
अनि आफ्नो नेतृत्व क्षमताबारे पनि बोलेका छन् । साथै केही ‘म्यानेजमेन्ट टिप्स’ दिएका छन् । र, विद्युत प्राधिकरणपछिको भावी योजनाबारे थोरै संकेत गरेका छन् ।
कृपया कार्यक्रम पुरा हेर्नुहोला । र, मन परेमा च्यानल ‘सब्सक्राइब’ गर्नुहोला ।
At one point, Nepal was shrouded in darkness due to persistent load-shedding. Today, the country has reached a milestone, exporting electricity to India and Bangladesh. Kulman Ghising, the Managing Director of the Nepal Electricity Authority, has played a pivotal role in making this transformation possible.
While ending load-shedding was a significant achievement, Ghising finds even greater satisfaction in achieving nationwide electrification. He considers Nepal’s recent success in selling electricity to Bangladesh in U.S. dollars a game changer.
Now, Ghising is setting his sights even higher, envisioning the possibility of exporting Nepali electricity to island nation of Sri Lanka. How is this possible? He reveals his vision in this conversation.
Meanwhile, his campaign to remove electricity poles from the roads of Kathmandu, Pokhara, and Chitwan, replacing them with an underground distribution system, is gaining momentum.
Kulman Ghising is a success story, but controversy often follows him. Recently, he faced criticism for cutting off power to industries that failed to pay their dues, leading to tensions with political leadership.
Who is Kulman Ghising? What is his personal and family background? What is the formula behind his success—managerial skills, technical expertise, or both? He shares his insights on these topics, along with thoughts on his leadership style and valuable management tips.
Watch the program, and don’t forget to like, comment, and subscribe to the channel!
#aniaba #अनिअब #kulmanghising #kulman_ghising #kulman #sudheersharma #sudhirsharma #energy #electricity #electrification #electricvehicle #loadshedding #energytrading #transmissionline #hydropower #nepalelectricityauthority #personalstory #professionalstory #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------
» And, please stay in touch:
Facebook: [ Ссылка ]
Tiktok: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
» Subscribe our channel: [ Ссылка ]
Ещё видео!